Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

फागुनमा मात्र १ खर्ब ५ अर्ब रेमिट्यान्स भित्रियो

फागुनमा मात्र १ खर्ब ५ अर्ब रेमिट्यान्स भित्रियो

  • मंगलवार, चैत्र २८ २०७९

  • 544
    SHARES

  • फागुनमा मात्र १ खर्ब ५ अर्ब रेमिट्यान्स भित्रियो

    काठमाडौं । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो अध्ययन प्रतिवेदनका अनुसार फागुन महिना मात्र १ खर्ब ५ अर्ब माथिको विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ।

    आर्थिक वर्ष २०७९–८० को आठ महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ७ खर्ब ९४ अर्ब ३२ करोड रेमिट्यान्स भित्रिएको उल्लेख छ।

    ‘समीक्षा अवधिमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वुद्धि भई ७९४ अर्ब ३२ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिका विप्रेषण आप्रवाह १।३ प्रतिशतले घटेको थियो,’ राष्ट्र बैंकले सार्वजनकि गरेको प्रतिवेदनमा उल्लेख छ।

    पुस मसान्तसम्म ६ खर्ब ८९ अर्ब ८८ करोड रेमिट्यान्स भित्रिएको थियो।


    मंगलवार, चैत्र २८ २०७९०३:४५:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij