Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सांसदको अडियो प्रकरणमा रविको कोर टिममाथि छानबिन हुनुपर्छ : धनराज गुरुङ

सांसदको अडियो प्रकरणमा रविको कोर टिममाथि छानबिन हुनुपर्छ : धनराज गुरुङ

  • सोमवार, चैत्र २७ २०७९

  • 511
    SHARES

  • सांसदको अडियो प्रकरणमा रविको कोर टिममाथि छानबिन हुनुपर्छ : धनराज गुरुङ

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदको अडियो प्रकरणबारे संसदीय समिति गठन गर्नुपर्ने माग गर्नुभएको छ ।

    प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समयमा बोल्दै रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि पार्टी सभापति रवि लामिछानेको कोर टिमलाई पैसा बुझाउन पर्ने भनेकाले त्यो टिममाथि छानबिन गर्नुपर्ने बताउनुभयो ।

    ‘प्रतिनिधिसभा सदस्य भइसकेकाहरूले मन्त्री बन्नका लागि कुनै एउटा व्यवसायीसँग बडो पारदर्शी ढंगले गफगाफ गरेको सुनिन्छ । योभन्दा लज्जाबोध के हुन सक्छ ?,’ उहाँ भन्नुहुन्छ, ‘अनि सुन्छु दूधको साक्षी बिरालो बसेको । त्यो वार्तामा भनिएको छ कोर टिमलाई पैसा बुझाउनुपर्छ । त्यो कोर टिम भनेको को हो ? त्यसको पनि छानबिन गर्नुपर्दैन ?

    उपसभापति गुरुङले अगाडि भन्नुभयो, ‘त्यसकारण यसको छानबिनका लागि प्रतिनिधिसभा सदस्यले गरेको वार्तालापका सन्दर्भमा, भ्रष्टाचार, कमिसनको सन्दर्भमा यो सदन चुप लागेर बस्न सक्दैन । आजकै दिनमा यही बैठकबाट संसदीय समिति बनाएर निष्पक्ष छानबिन गर्नुपर्छ ।’


    सोमवार, चैत्र २७ २०७९०४:१६:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij