Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रोजगारी सिर्जना गर्न सही नीति ल्याउनुपर्छ : प्रदीप पौडेल

रोजगारी सिर्जना गर्न सही नीति ल्याउनुपर्छ : प्रदीप पौडेल

  • शनिवार, चैत्र २५ २०७९

  • 537
    SHARES

  • रोजगारी सिर्जना गर्न सही नीति ल्याउनुपर्छ : प्रदीप पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले अहिले पनि नेपाली युवाले देशमै पसिना बगाउने वातावरण नभएको बताउनु भएको छ ।

    राजधानी काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले नेपाली युवाले देशमै पसिना बगाउन चाहे पनि त्यो वातावरण नभएको बताउनुभएको हो ।

    ‘हामीले खोजिरहेको एउटा युवा दिनभरी क्यारेमबोर्ड खेलेर बस्छ । बेकामी भएर बस्छ । काम गर्न खोज्यो भने पनि यहाँ पाउँदैन । मलेसिया, दुबई र कतारमा गएर एकदमै जोखिमपूणर् काम गर्नुपर्छ । उसले पसिना यहीँ बगाउन चाहन्छ तर त्यो वातावरण छैन,’ उहाँको भनाई छ ।

    उहाँले अब सबै युवालाई देशमै रोगारी दिनु पर्ने बताउँदै त्यसका लागि रोजगारी सिर्जना गर्न सही नीति ल्याउनुपर्ने बताउनुभयो ।

    कुनै नीति ल्याउँदा कसैको पक्ष र कसैको विरोधमा हुने गरेको बताउँदै उनले सबैको पक्षमा हुने नीति ल्याउन छलफल हुनुपर्ने बताउनुभयो ।

    अब संसदमा एकअर्काको विरोध गर्नु बेर्थ हुने बताउँदै सांसद पौडेलले चाहिएको विषयमा छलफल गरी त्यसलाई कार्यान्वयन गर्नेबारे छलफल हुनु पर्ने बताउनुभयो ।


    शनिवार, चैत्र २५ २०७९०१:३०:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij