Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भोलिदेखि उपनिर्वाचनको आचार संहिता लागू हुने, क–कसलाई लाग्छ आचारसंहिता ?

भोलिदेखि उपनिर्वाचनको आचार संहिता लागू हुने, क–कसलाई लाग्छ आचारसंहिता ?

  • बिहिवार, चैत्र २३ २०७९

  • 662
    SHARES

  • भोलिदेखि उपनिर्वाचनको आचार संहिता लागू हुने, क–कसलाई लाग्छ आचारसंहिता ?
    काठमाडौं । निर्वाचन आयोगले वैशाख १० गते हुने उपनिर्वाचनको आचार संहिता शुक्रबार(भोलि)बाट लागू हुने घोषणा गरेको छ। आयोगले चितवन, बारा र तनहुँमा हुन गइरहेको निर्वाचनका लागि आचारसंहिता लागू हुने अवधि तोकेको हो। 
     
    मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारी, स्थानीय कार्यपालिकाका सदस्य लगायतका लागि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय आयोगले गरेको हो। वैशाख १० मा चितवन– २, बारा– २ र तनहुँ– १ मा उपनिर्वाचन हुँदैछ। 
     
    आयोगले आचार संहिता लागू गरेपछि सरकारले नियुक्ति, बढुवा लगायत महत्त्वपूर्ण कार्य गर्न समेत पाउने छैन।
     
    क–कसलाई लाग्छ आचारसंहिता ?
    (क)    नेपाल सरकार र नेपाल सरकारका मन्त्री, 
    (ख)    प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री,   
    (ग)    संवैधानिक निकाय र सो निकायका पदाधिकारी, 
    (घ)    नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी,
    (ङ)    स्थानीय कार्यपालिका र सोका सदस्य,  
    (च)    सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी,
    (छ)   सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी,
    (ज)    सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी,
    (झ)    राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन,
    (ञ)    उम्मेदवार तथा सम्बन्धित व्यक्ति,
    (ट)    राजनीतिक दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि,
    (ठ)    सार्वजनिक पद धारण गरेको व्यक्ति,
    (ड)   अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता,
    (ढ)    पर्यवेक्षण संस्था तथा पर्यवेक्षक,
    (ण)    सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी, 
    (त)    निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी,
    (थ)    विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी,
    (द)    मतदाता,
    (ध)    विकास साझेदार संस्था,
    (न)    सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी,
    (प)    मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी,
    (फ)    निजी क्षेत्रका बैङ्क तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार,
    (ब)   वस्तु वा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार।       
     


    बिहिवार, चैत्र २३ २०७९०५:०७:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij