Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

इरान र साउदी अरबका विदेशमन्त्रीले चीनमा गरे उच्चस्तरीय भेटवार्ता

इरान र साउदी अरबका विदेशमन्त्रीले चीनमा गरे उच्चस्तरीय भेटवार्ता

  • बिहिवार, चैत्र २३ २०७९

  • 479
    SHARES

  • इरान र साउदी अरबका विदेशमन्त्रीले चीनमा गरे उच्चस्तरीय भेटवार्ता

    काठमाडौं । मध्यपूर्वका दुई प्रतिद्वन्द्वी राष्ट्र इरान र साउदी अरबका विदेशमन्त्रीले सन् २०१६ पछि पहिलो पटक वार्ता गरेका छन् ।

    साउदीको अल–अखबरिया टिभीले बैठकको छोटो भिडियो प्रसारण गर्योव, जसमा राजकुमार फैसल बिन फरहान अल साउद र हुसेन अमिर–अब्दुल्लाहियान चीनमा एक अर्कालाई अभिवादन गरिरहेको देखिएका थिए ।

    गत महिना मात्रै दुवै देशले कूटनीतिक सम्बन्ध पुनर्स्थापित गर्ने घोषणा गरेका थिए । यो घोषणा पनि चीनमा नै भएको थियो । तेहरानस्थित आफ्नो दूतावासमा भएको आक्रमणपछि साउदी अरेबियाले २०१६ मा इरानसँगको सम्बन्ध तोडेको थियो ।

    साउदी अरबमा एक प्रसिद्ध शिया धर्मगुरुलाई मृत्युदण्ड दिएपछि तेहरानमा यो हमला भएको थियो । सुन्नी बाहुल्य साउदी अरेबिया र शिया बहुल इरानबीच त्यसयता तनाव उत्कर्षमा थियो ।

    मध्यपूर्वमा वर्चस्वका लागि प्रतिस्पर्धा गरिरहेका दुवै देशले एक अर्कालाई आफ्नो खतरा मान्छन् । यस प्रतियोगितामा दुवै देशले लेबनान, सिरिया, इराक र यमनलगायत मध्यपूर्वका धेरै देशमा प्रतिद्वन्द्वी गुटलाई समर्थन गर्दै आएका छन् ।

    इरानले यमनमा हुथी विद्रोहीलाई समर्थन गरेको थियो । त्यसपछि विद्रोहीहरूले सन् २०१४ मा साउदी समर्थक सरकारलाई सत्ताबाट हटाएका थिए ।

    तत्पश्चात् साउदी अरेबियाले हुथी विद्रोही विरुद्ध भीषण हवाई आक्रमण सुरु गरेको थियो ।


    बिहिवार, चैत्र २३ २०७९०२:१०:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij