Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

रवि लामिछाने विरुद्धको मुद्दामा सुनुवाइ जारी, निर्णय आजै सुनाउने

रवि लामिछाने विरुद्धको मुद्दामा सुनुवाइ जारी, निर्णय आजै सुनाउने

  • बुधवार, चैत्र २२ २०७९

  • 659
    SHARES

  • रवि लामिछाने विरुद्धको मुद्दामा सुनुवाइ जारी, निर्णय आजै सुनाउने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको रिटमा सुनुवाइ जारी छ। सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको एकल इजलासमा सुनुवाइ चलिरहेको छ। आठौं नम्बरमा पेसी रहेको मुद्दामा रिट निवेदकहरुले बहस गरिरहेका छन्।

    युवराज सफलले लामिछानमाथि मुद्दा नचलाउने निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। महान्यायाधिवक्ता दिनमणि पोखरेलले राहदानी कीर्तेमा लामिछानेमाथि मुद्दा नचल्ने निर्णय गर्नुभएको थियो । महान्यायाधीवक्ताले नागरिकता लिएको तर राहदानी लिएर दुरुपयोग गरेको र अरुलाई हानि पु¥याएको नदेखिएकाले मुद्दा दायर नगर्ने निर्णय गर्नुभएको थियो ।

    उहाँको यो निर्णयले फौजदारी अभियोगमा उन्मुक्ति दिएकाले उक्त निर्णय बदर गर्दै पुनः अनुसन्धान गरी मुद्दा दायर गर्न रिटमा माग गरिएको छ। प्रहरीको अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालय, उच्च सरकारी वकिलको कार्यालय हुँदै आएको टिप्पणीमा महान्यायाधिवक्ता पोखरेलले यस्तो निर्णय गर्नुभएको थियो ।

    सर्वोच्च अदालतले बहसपछि आजै निर्णय सुनाउने छ। सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा भने लामिछाने समस्यामा पर्नेछन्। वैशाख १० गते हुने उपनिर्वाचनमा उनी चितवन– २ बाट उम्मेदवार छन्।


    बुधवार, चैत्र २२ २०७९०३:५३:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij