Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा पौडेलको उम्मेदवारी

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा पौडेलको उम्मेदवारी

  • मंगलवार, चैत्र २१ २०७९

  • 577
    SHARES

  • नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा पौडेलको उम्मेदवारी

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ, पुँजीबजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले आगामी चैत २८ र २९ गते हुन गइरहेको ५७ औँ वार्षिक साधारण सभा तथा निर्वाचनमा एसोसिएट तर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

    यसअघि पनि महासंघको केन्द्रीय समस्यका रुपमा अनुभव बटुलिसक्नुभएका पौडेलले आगामी निर्वाचनमा पनि सोही पदमा निरन्तरता दिन उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । नेपाली रेडियो नेटवर्कसँग संक्षिप्त कुरा गर्दै पौडेलले अहिले बजारमा देखिएका व्यवसायिक समस्या, उद्योगका समस्या र बैंकिङ समस्यालाई निक्र्यौल गरी समाधानको उपाय खोज्न आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।

    उहाँले मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रले खेल्न सक्ने भूमिकाका विषयमा आफूले गर्न सक्ने सहयोगका लागि हरदम तयार रहेको बताउनुभयो । यसअघि पनि महासंघमा रहेर काम गरेको अनुभव रहेको बताउँदै पौडेलले व्यवसायिक क्षेत्रमा धेरै समस्या रहेकोले पूँजीबजारलाई चलायमान बनाउन ठोस योजना ल्याउनुपर्नेमा जोड दिनुभएको छ ।

    मुलुकमा आएको विनाशकारी भूकम्प होस् वा कोरोना संक्रमणकाल होस् त्यसले अर्थतन्त्रका सूचकहरुमा नराम्ररी धक्का दिएको छ । जसका कारण अझै आर्थिक तरलतामा सुधार आउन सकेको छैन । यसका लागि सरकार र निजी क्षेत्रले समन्वयकारी भूमिका निर्वाह गर्दै बजार चलायमान बनाउन सक्नुपर्ने व्यवसायीहरु बताउँछन् ।

     

     


    मंगलवार, चैत्र २१ २०७९०४:१५:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij