काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा सुनुवाइ सुरु भएको छ । सोमबार दर्ता भएको उक्त रिटमाथि मंगलबार न्यायाधीश सिन्हाको इजलासमा सुनुवाइ सुरु भएको हो ।
रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा चल्नुपर्ने मागसहित युवराज पौडेल सफलले सोमबार सर्वोच्चमा रिट दर्ता गराउनुभएको थियो।
पौडेलले दायर गर्नुभएको उक्त रिटमा ‘लामिछानेविरुद्ध मुद्दा नचलाउने गरी चैत ६ गते महान्यायाधिवक्ताले गरेको निर्णय उत्प्रेषणको आदेशले बदर गरी मुद्दाको निष्पक्ष अनुसन्धान गरी मुद्दा चलाउनका लागि विपक्षीका नाममा परमादेश जारी गरी पाउँ’ भन्ने माग गर्नुभएको छ ।