Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मधेश प्रदेश सरकारबाट बाहिरिने एमालेको तयारी

मधेश प्रदेश सरकारबाट बाहिरिने एमालेको तयारी

  • मंगलवार, चैत्र २१ २०७९

  • 709
    SHARES

  • मधेश प्रदेश सरकारबाट बाहिरिने एमालेको तयारी

    काठमाडौं । नेकपा एमालेले मधेश प्रदेश सरकारबाट बाहिरिने तयारी गरेको छ ।

    पुस २७ मा जसपाका दलका नेता सरोजकुमार यादवलाई समर्थन दिँदै एमाले सरकारमा सहभागी भएको थियो ।

    एमाले संसदीय दलको बैठक बसेर सरकारबाट बाहिरिने तथा सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी रहेको एमाले सांसद हरिनारायण महतोले जानकारी दिनुभयो ।

    मधेश सरकारमा चार मन्त्रालय एमालेले लिएको छ । एमाले हटेपछि सरकारमा नेपाली कांग्रेस, एकीकृत समाजवादी र लोसपा सहभागी हुने तयारी छ ।

    मधेश प्रदेशमा सबभन्दा ठूलो दल एमालेका २३ सांसद छन् ।


    मंगलवार, चैत्र २१ २०७९०२:०२:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij