Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बारा २ मा जसपाका अध्यक्ष यादवले गराए मनोनयन दर्ता

बारा २ मा जसपाका अध्यक्ष यादवले गराए मनोनयन दर्ता

  • सोमवार, चैत्र २० २०७९

  • 550
    SHARES

  • बारा २ मा जसपाका अध्यक्ष यादवले गराए मनोनयन दर्ता
    काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समर्थकहरू सहित बारा २ मा उम्मेदवारी दर्ताका गराउनुभएको छ । १० वैशाखमा हुने उपनिर्वाचनका लागि उहाँले कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गर्नुभएको हो।
     
    मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रवेश गर्नुअघि उहाँले सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै बाराको जनताले बोलाएपछि उनीहरूको सम्मानमा चुनाव लड्न आएको बताउनुभयो ।
     
    यादव गत मंसिरको चुनावमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित हुनुभएका थियो ।
     
    यो क्षेत्रमा एमालेबाट पुरुषोत्तम पौडेल, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, रास्वपाबाट रमेश खरेलले उम्मेदवारी दिँदै हुनुहुन्छ।
     
    upendra_GRD6ayAAk3.webp


    सोमवार, चैत्र २० २०७९०२:३३:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij