Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सभामुखको अधिकार कटौतिबारे सहमति खोज्ने समझदारी

सभामुखको अधिकार कटौतिबारे सहमति खोज्ने समझदारी

  • आइतवार, चैत्र १९ २०७९

  • 562
    SHARES

  • सभामुखको अधिकार कटौतिबारे सहमति खोज्ने समझदारी

    काठमाडौं । संसदीय नियमावलीमा प्रतिनिधि सभाका सभामुखको विशेष अधिकार कटौतीबारे सहमति खोज्न सांसदहरुबीच समझदारी भएको छ ।

    शनिवार सभामुख र दलका सचेतकहरुबीच भएको छलफलमा सभामुखको अधिकार कटौती गर्ने गरी दर्ता गरिएका संशोधन प्रस्ताव फिर्ता लिनेभन्दा पनि सुधार गर्ने समझदारी बनेको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो ।

    सो समझदारी भएपछि संसद्को कार्य व्यवस्था परामर्श समितिको बैठक निरन्तर राख्ने पनि सहमति बनेको छ । कांग्रेस, माओवादी, रास्वपा, जसपा, एकीकृत समाजवादीलगायत सत्तारूढ दलका सांसदले ‘यस नियमावलीमा सभामुखले गर्ने भनेर उल्लेख गरिएका कार्य सभामुखले कार्य व्यवस्था समितिको बैठकबाट निर्णय गरी गर्नुपर्नेछ’ भन्ने संशोधन प्रस्ताव दर्ता गराएका थिए ।

    संशोधन प्रस्तावकर्ता नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले मध्यमार्गी बाटो निकाल्ने गरी शनिवार छलफल भएको आफूले जानकारी पाएको उनले बताउनुभयो ।


    आइतवार, चैत्र १९ २०७९१२:००:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij