Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

वैशाख १० गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिए

वैशाख १० गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिए

  • बिहिवार, चैत्र १६ २०७९

  • 490
    SHARES

  • वैशाख १० गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिए
    काठमाडौं । निर्वाचन आयोगले वैशाख १० गते हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरूको नियुक्ति गरेको छ । बारा, तनहुँ र चितवनमा हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकेको हो ।
     
    आयोगले जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ । निर्वाचन आयोगले  चितवन क्षेत्र नम्बर २ मा न्यायाधीश वासुदेव  न्यौपाने,बारा क्षेत्र नम्बर २ मा  न्यायाधीश मुकेश उपाध्याय र तनहुँ क्षेत्र नम्बर १ का लागि न्यायाधीश कोमल प्रसाद आचार्यलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको हो ।
     
    मुख्य निर्वाचन अधिकृतको नियुक्तिसँगै चैत्र १८ गतेदेखि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय खुल्ने आयोगले जनाएको छ । उपनिर्वाचनका लागि चैत्र २० गते उम्मेदवारीको मनोनयन पत्र दर्ताको कार्यक्रम तोकिएको छ । 
     


    बिहिवार, चैत्र १६ २०७९०४:३०:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij