काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आगामी ३ दिन भित्रमा सरकारले पूर्णता पाउने बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै दलहरुसँग संवाद गरिरहेको र ३ दिनभित्रमा सरकारले पूर्णता पाउने उहाँको भनाइ छ ।
उपसभापति खड्काले हालसम्म भइरहेको छलफलमा सरकार बिस्तारको सम्बन्धमा कसैको असहमति नभएको उल्लेख गर्नुभयो । सत्तारुढ दलहरुका बीचमा मन्त्रालयको भागबण्डा टुंगिन बाँकी रहेको पनि उहाँले बताउनुभयो ।
आइतवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपसभापति खड्काले गठबन्धन दलका नेताहरुका बीचमा छलफल भइरहेको भएपनि कुन पार्टीले कुन मन्त्रालय लिने भन्नेमा टुंगो नलागेको दाबी गर्नुभयो ।
उहाँले नेपाली कांग्रेसले पनि कसको नेतृत्वमा सरकारमा जाने र को–को मन्त्री भएर जाने भन्नेमा निर्णय गरिनसकेको दाबी गर्नुभयो।