Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अध्यक्ष दाहालसहित नेकपा शीर्ष नेताहरु राष्ट्रपतिलाई भेट्न शितल निवासमा

अध्यक्ष दाहालसहित नेकपा शीर्ष नेताहरु राष्ट्रपतिलाई भेट्न शितल निवासमा

  • आइतवार, आषाढ २१ २०७७

  • 781
    SHARES

  • अध्यक्ष दाहालसहित नेकपा शीर्ष नेताहरु राष्ट्रपतिलाई भेट्न शितल निवासमा

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी बैठकलाई बेवास्ता गर्दै फरक ढंगले अगाडी बढ्ने संकेत गरेपछि नेकपाका शीर्ष नेताहरु शितल निवास पुगेका छन् ।

    नेकपा अध्यक्ष पुष्पकमल दाहालसहित बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका हुन् । केहिबेर अघि तीन पूर्व प्रधानमन्त्री, नेकपाका नेताहरु बामदेव गौतम र नारायणकाजीसहित राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका बरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनुभयो ।

    पछिल्लो समय नेकपाको विवादमा राष्ट्रपति पनि मुछिनुभएको छ । शनिबार साँझ प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले मन्त्री र राज्यमन्त्रीलाई भेला गरेर राष्ट्रपतिलाई महाअभियोग र आफूलाई दुवै पदबाट हटाउने षड्यन्त्र भएको बताएपछि नेकपाको विवादले नयाा मोड लिएको छ ।
    यसै विषयममा छलफल गर्न नेताहरु शितलनिवास पुगेको खनालको भनाई छ । प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई कित्ता क्लियर गर्न पनि निर्देशन दिनुभएपछि अहिले नेकपामा देखिएको यो किचलोले कुन रुप लिने हो एकिन हुन सकेको छैन ।


    आइतवार, आषाढ २१ २०७७११:४३:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij