Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमाले बागमती प्रदेश सरकारबाट बाहिरियो, प्रचण्डले बेइमानी गरेको आरोप

एमाले बागमती प्रदेश सरकारबाट बाहिरियो, प्रचण्डले बेइमानी गरेको आरोप

  • शुक्रवार, चैत्र १० २०७९

  • 581
    SHARES

  • एमाले बागमती प्रदेश सरकारबाट बाहिरियो, प्रचण्डले बेइमानी गरेको आरोप

    काठमाडौं । नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

    हेटौंडामा जारी प्रदेशसभा बैठकमा बोल्दै एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकार छाडेको घोषणा गर्नुभयो।

    करिब साढे २ महिना सरकारमा रहँदा आफूहरुले सम्हालेको चारवटै मन्त्रालयले उल्लेख्य सुधारको काम गरेको उहाँले दाबी गर्नुभयो । केन्द्रीय सत्ता समीकरणमा नेकपा माओवादी केन्द्रले विश्वासघात गरेको कारण माओवादी केन्द्र नेतृत्व रहेको बागमती प्रदेश सरकारलाई दिएको विश्वासको मत फिर्ता लिँदै सरकार छाडेको थपलियाले बताउनुभयो ।

    माओवादी अध्यक्ष प्रचण्डले खोला तरेको तर लौरो बनेर साथ दिएको एमालेलाई बिर्सेर राजनीतिक बेइमानी गरेको थपलियाले बताउनुभयो । प्रधानमन्त्रीले देशी विदेशीको प्रभावमा परेर सत्ता समीकरण भत्काएको भन्दै उहाँले त्यसको विरुद्धमा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको बताउनुभयो ।


    शुक्रवार, चैत्र १० २०७९०२:१०:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij