Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

गायक रामचन्द्र चन्दको ‘घाँटी रेट्नलाई’ बजारमा (भिडियोसहित)

गायक रामचन्द्र चन्दको ‘घाँटी रेट्नलाई’ बजारमा (भिडियोसहित)

  • मंगलवार, चैत्र ७ २०७९

  • 779
    SHARES

  • गायक रामचन्द्र चन्दको ‘घाँटी रेट्नलाई’ बजारमा (भिडियोसहित)

    काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दको ‘घाँटी रेट्नलाई’ बजारमा आएको छ । भिडियोसहित सार्वजनिक गीतमा गायक चन्दसंगै गायिका समिक्षा अधिकारीको स्वर रहेको छ ।


    गीतमा एकअर्कालाई प्रेम गर्ने प्रेमि जोडीको वियोगान्त कथालाई मूल्य विषय बनाइएको छ । प्रेम र विश्वासमा घात गरेको र जुन प्रेमलाई सर्वस्व ठानेको त्यहि प्रेमले धोका दिएर घाटी रेटेको भाव समेटिएको गीतको म्युजिक भिडियोमा कलाकार चिरिञ्जीवी सापकोटा (जिवी चिरन), यशु भट्टराई, अन्जना दुलाल र रोयल प्रिन्स सिंहको अभिनय रहेको छ ।

    गीतमा नन्दु परियारको संगीत रहेको छ भने प्रकाश न्यौपाने शब्द रहेको छ । यस्तै उक्त भिडियोलाई सिर्जन बरालले निर्देशन गरेका हुन् । गीतलाई गायक स्वयम् चन्दको अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको छ ।

    यस अगाडि बजारमा आएका गीतलाई जसरी दर्शकश्रोताले माया दिएका थिए यो गीतलाई पनि उस्तै माया र साथ दिने गायक चन्दको विश्वास र अपेक्षा रहेको छ ।

     


    मंगलवार, चैत्र ७ २०७९०८:४९:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij