Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रचण्ड भ्रमणको मिति कुर्दै भारत

प्रचण्ड भ्रमणको मिति कुर्दै भारत

  • शनिवार, चैत्र ४ २०७९

  • 457
    SHARES

  • प्रचण्ड भ्रमणको मिति कुर्दै भारत

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो औपचारिक भ्रमणको रूपमा भारत जाने तय भएपनि हालसम्म भ्रमणको मिति भने तय हुन सकेको छैन ।

    भारतले प्रधानमन्त्री प्रचण्डलाई स्वागतको तयारी थालिसकेको छ । प्रधानमन्त्री प्रचण्डले पनि भारतको भ्रमण चाँडै गर्ने भनेर खबर पठाए पनि मिति भने भन्नुभएको छैन। अहिले भारत सोही मितिको पर्खाइमा रहेको छ ।

    नेपालस्थित भारतीय दूतावासका एक अधिकारका अनुसार प्रधानमन्त्री प्रचण्डले भारतको भ्रमण गर्ने खबर पठाएसँगै तयारी थालिसकिएको छ ।

    राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव सकिएको छ । चैत ६ गते प्रधानमन्त्री प्रचण्डले संसद्मा विश्वासको मत लिनुहुनेछ । विश्वासको मत लिइसकेपछि केन्द्रमा सरकार विस्तार गर्नुका साथै प्रदेशहरूमा सत्ता समीकरण मिलाउने प्रचण्डको योजना रहेको छ ।

    त्यसअघि भ्रमणका लागि सबै तयारी पुरा गर्ने काम अगाडि बढेको छ । भ्रमणबारे परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावासले यसबारे होमवर्क गरिरहेको छ ।

    अप्रिलको दोस्रो अथवा तेस्रो हप्तामा भ्रमण हुने बताइएको छ । प्रधानमन्त्री प्रचण्डका निजी सचिवालयका एक सदस्यका अनुसार भारत भ्रमण जाने लगभग निश्चित भएको छ, तर यहाँ केही राजनीतिक ‘सेटल’ गरेर मात्र जाने तयारी प्रचण्डको छ ।

     


    शनिवार, चैत्र ४ २०७९०४:०२:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij