Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि नै कांग्रेस सत्तापक्षमा बस्नुपर्छ : महामन्त्री थापा

प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि नै कांग्रेस सत्तापक्षमा बस्नुपर्छ : महामन्त्री थापा

  • शुक्रवार, चैत्र ३ २०७९

  • 581
    SHARES

  • प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि नै कांग्रेस सत्तापक्षमा बस्नुपर्छ : महामन्त्री थापा
    काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले संसद्को आगामी बैठकअघि नै पार्टी सत्तापक्षमा बस्नुपर्ने बताउनुभएको छ । शुक्रबार(आज) उपराष्ट्रपति निर्वाचनमा मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनुअघि नै सत्तापक्षमा जाने/नजाने कुरा निर्णय गर्नुपर्ने बताउनुभयो। 
     
    चैत ५ गतेका लागि बोलाइएको संसद् बैठकअघि नै कांग्रेसले सत्ता पक्षमा बस्ने, सरकारमा जाने र प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्नुपर्ने महामन्त्री थापाको भनाइ छ ।
     
    चैत ६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यक्रम रहेको छ । कांग्रेस महामन्त्री थापाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिए लगत्तै सरकारले पूर्णता पाउने बताउनुभयो ।
     
    महामन्त्री थापाले सरकार आफ्नो कार्यदिशामा स्पष्ट हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अबको ५ वर्षका लागि यो सरकारले के दिन्छ के कुराको परिवर्तन देखाउँछ भन्ने कुरा डे वानदेखि नै लाग्नुपर्छ । प्रधानमन्त्री र सरकारमा जाने मन्त्रीहरू पनि के गर्ने भन्नेमा स्पष्ट हुनुपर्छ । मन्त्रालय लिने कुरामा मात्र रस्साकस्सी हुनुहुँदैन । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको यो गठबन्धनको सरकारले जनतालाई के—के कुरा दिने भन्ने कुरामा पनि रस्साकस्सी होस् ।’
     
     


    शुक्रवार, चैत्र ३ २०७९०३:०१:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij