Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

यस्ता छन् मन्त्रिपरिषद्‌‌ बैठकका निर्णय

यस्ता छन् मन्त्रिपरिषद्‌‌ बैठकका निर्णय

  • बुधवार, चैत्र १ २०७९

  • 339
    SHARES

  • यस्ता छन् मन्त्रिपरिषद्‌‌ बैठकका निर्णय
    काठमाडौं । सरकारले यती एयरलाइन्सको विमान दुर्घटनासम्बन्धी जाँच आयोगको म्याद थपेको छ । मन्त्रिपरिषद्‌‌को मंगलबार(हिजो) बसेको बैठकले यती एयरको विमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थप्ने निर्णय गरेको आज आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । 
     
    गत माघ १ गते त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइन एनएएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज ११ बजेतिर पोखरा विमानस्थलबाट २ किलोमिटरको नजिकमा सेती नदीको खोंचमा दुर्घटनाग्रस्त हुँदा ७२ जनाले ज्यान गुमाएका थिए ।
     
    यस्तै बैठकले पूर्वमुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा गठित उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति गठन गर्ने निर्णय पनि गरेको छ ।
     
    यस्तै बैठकले अब मन्त्री र सरकारका उच्चपदस्थ कर्मचारीले अति आवश्यक अवस्थामा बाहेक विदेश भ्रमणमा जान नपाउने,  नेपाल र संयुक्त राज्य अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एकरूपता कायम गर्ने, तल्लो लिखु जलविद्युत् आयोजनाको १३२ केभी प्रसारण लाइन निर्माणको लागि वन क्षेत्र उपयोग गर्न दिने,  रामपुर स्वास्थ्य चौकी उदयपुरलाई १० शैयाको आधारभूत अस्पतालमा स्तरोन्नति गर्नका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने दिने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिनुभएको छ । 
     


    बुधवार, चैत्र १ २०७९०४:३५:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij