Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

डा. केसीको जीवन रक्षा गर्न कांग्रेसको माग

डा. केसीको जीवन रक्षा गर्न कांग्रेसको माग

  • आइतवार, आश्विन ४ २०७७

  • 1.0K
    SHARES

  • डा. केसीको जीवन रक्षा गर्न कांग्रेसको माग

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न निरन्तर माग गर्दै आएको छ ।

    आज पनि कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ति निकालेर केसीले उठाएका मागलाई गम्भीरतापूर्वक लिन र विगतमा भएका सम्झौता पालना गर्दै जीवन रक्षाको माग गर्नुभएको छ ।

    ‘डा. केसीले उठान गर्नु भएका विषयलाई गम्भीरतापूर्वक लिन र विगतमा भएका सम्झौताहरु पालना गरी उहाँको जीवन रक्षाको लागि सरकार समक्ष नेपाली कांग्रेस संसदीय दल जोडदार माग गर्दछ,’ खाँणद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

    डा. केसी जुम्लामा अनशनरत हुनुहुन्छ । स्वास्थ्यमा समस्या आएपछि उहाँलाई गएराति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । अस्पताल भर्ना गरिएपनि उहाँले औषधि लिन मान्नुभएको छैन । आफ्नो माग सम्बोधन नभएसम्म आफूले औषधि नलिने डा. केसीको अडान छ ।

    अनशनका कारण उहाँको दिनप्रति दिन स्वास्थ्य स्थिति नाजुक भइरहँदा पनि सरकारले उहाँको मागलाई वेवस्ता गर्नु अत्यन्त दुःखद विषय भएको कांग्रेसको टिप्पणी छ ।

     


    आइतवार, आश्विन ४ २०७७०७:०६:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij