Nov 02 2026 | २०८३, कार्तिक १७ गते

२०८३, कार्तिक १७ गते
  • यो साता चर्चामा :
images

नेप्से सूचकमा २४.६८ अंकको गिरावट

नेप्से सूचकमा २४.६८ अंकको गिरावट

  • सोमवार, फाल्गुण २९ २०७९

  • 400
    SHARES

  • नेप्से सूचकमा २४.६८ अंकको गिरावट

    काठमाडौं । साताको दोश्रो कारोबार दिन आज सेयर बजार ओरालो लागेको छ ।

    आज सेयर बजारमा २४.६८ अंकले घटेर १९५२.६६ विन्दुमा आएर रोकिएको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.४६ अंकले घटेर ३६८.४९ मा पुगेको छ।

    आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५६ कम्पनीको ३३ लाख ६९ हजार १३६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १६ करोड २५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

    त्यस्तै, कारोबारको एनआइसि एसिया शीर्ष स्थानमा छ। यसको ६ करोड २४ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा सिवम सिमेन्टको ५ करोड ६८ लाखभन्दा बढीको कारोबार भएको छ।

    आज सबै उपसुचकहरुको कारोबार रकम घटेको छ।

    आजको कारोबारमा सुभम पावरको करिब १० प्रतिशतले सेयर मूल्य बढेको छ। यस कम्पनीको लगानीकर्ताले अत्याधिक कमाएका छन् भने युनिक नेपाल लघुवित्तको ४.०३ प्रतिशत र ग्रिन भेन्चर्सको ३.८६ प्रतिशतले वृद्धि भएको छ ।


    सोमवार, फाल्गुण २९ २०७९०४:०६:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij