Nov 02 2026 | २०८३, कार्तिक १७ गते

२०८३, कार्तिक १७ गते
  • यो साता चर्चामा :
images

भिजन लुम्बिनी उर्जाले पनि आईपीओ निष्कासन गर्ने

भिजन लुम्बिनी उर्जाले पनि आईपीओ निष्कासन गर्ने

  • आइतवार, फाल्गुण २८ २०७९

  • 610
    SHARES

  • भिजन लुम्बिनी उर्जाले पनि आईपीओ निष्कासन गर्ने

    काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले विद्युत नियमन आयोगबाट सहमति पाएसँगै फागुन २१ गते आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएको छ ।

    कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई ३८ करोड २५ लाख रकम बराबरको ३८ लाख २५ हजार बराबरको कित्ता सेयर निष्कासनको लागि अनुमति माग गरेको हो ।

    कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

    कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिका स्थित सेतीनदीमा २५ मेगावाटको सेतिनदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको अधिकांश संरचना माछापुच्छ्रे गाउँपालिकाको वडा नं २ र यसको अलावा वडा नं १,३,४ र पोखरा महानगर पालिकाको वडा नं १९ को केहि भागमा रहने छ ।


    आइतवार, फाल्गुण २८ २०७९१०:००:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij