काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू मन्त्री बन्ने दौडमा नरहेको बताउनुभएको छ ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा महामन्त्री थापाले आफूले मन्त्री होइन, प्रधानमन्त्रीका लागि तयारी गरेको बताउनुभयो ।
प्रधानमन्त्री बन्ने तयारीका साथ संसदीय दलको नेताको चुनाव लडे पनि नसकेको भन्दै उहाँले मन्त्री बन्ने लाइनमा नरहेको दोहोर्याउनुभयो ।
अब ५ वर्ष सांसदका रुपमा जिम्मेवारी निभाउने थापाको भनाइ छ ।