Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

विमानभित्रै यात्रुको यस्तो हर्कतले चालकदलकी सदस्यले दर्ता गरिन् मुद्धा

विमानभित्रै यात्रुको यस्तो हर्कतले चालकदलकी सदस्यले दर्ता गरिन् मुद्धा

  • आइतवार, फाल्गुण २८ २०७९

  • 440
    SHARES

  • विमानभित्रै यात्रुको यस्तो हर्कतले चालकदलकी सदस्यले दर्ता गरिन् मुद्धा

    काठमाडौं । भारतीय मूलका एक अमेरिकी नागरिकले एयर इन्डियाको विमानमा उत्पात मच्चाएका छन् ।

    करुणाकान्त द्विवेदी नामका यी व्यक्तिलाई मुम्बईको प्रहरीले पक्राउ गरेको छ । एयर इन्डियाकी चालक दलकी वरिष्ठ सदस्य शिल्पा मिश्राले द्विवेदीविरुद्ध जुन एफआईआर दर्ता गराएकी छिन् त्यसको आरोप निकै गम्भीर छ ।

    शिल्पाका अनुसार एयर इन्डियाको एआई १३० विमानले १० मार्चमा लन्डनको समयानुसार राती साढे ९ बजे मुम्बईका लागि उडान भर्‍यो तर केही बेरमा शौचालयबाट धुवाँ आएका कारण अलार्म बज्न थाल्यो ।

    भारतीय सञ्चार माध्यमका अनुसार शिल्पाले चालक दलका अन्य सदस्यमार्फत शौचालयको ढोका खोल्दा द्विवेदी नामका यात्री चुरोट पिइरहेका थिए । द्विवेदीलाई यस्तो गर्न रोक लगाइयो र यसबारे पाइलटलाई पनि जानकारी दिइयो । सबैले आरोपीलाई सम्झाउन थाले तर उनले चालक दलका सदस्यमाथि दुर्व्यवहार गर्न थाले । चालक दलका सदस्यले उनको चुरोट र लाइटर लिए र उनलाई सिटमा राखिदिए ।

    मामिला यतिमा मात्रै सीमित भएन । द्विवेदी केही बेरपछि अचानक उठे र विमानको ढोका खोल्न कोसिस गरे । एक यात्रीले उनलाई रोक्ने कोसिस गर्दा द्विवेदीले उनलाई कुटपिट गर्न थाले । उनीमाथि मुक्का, लात्ती बर्साउन थाले । उनको यस्तो व्यवहारले सबै यात्री हैरान भएको स्रोतले बताएको छ ।

    चालक दलका सदस्य पनि उनको व्यवहारले हैरान भए । उनीहरुले अन्य यात्रीसँग मिलेर द्विवेदीलाई समाते र उनको हात–खुट्टा बाँधेर सिटमा बसालिदिए । तरपनि द्विवेदीले उडिरहेको विमानमा हात खुट्टाले हान्न थाले । यस्तोमा विमानमा भएका चालक दलका एक सदस्य, जो डाक्टर थिए, उनीमार्फत द्विवेदीलाई बेहोस हुने इन्जेक्सन दिइयो ।

    ११ मार्चमा विमान मुम्बई विमानस्थल पुगेपछि चालक दलका सदस्य र सुरक्षाकर्मीले द्विवेदीलाई सहार विमानस्थल लगे । त्यहाँ उनीमाथि एफआईआर दर्ता भयो र प्रहरीले उनलाई पक्राउ गर्‍यो ।


    आइतवार, फाल्गुण २८ २०७९०२:०४:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij