Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मन्त्रीहरुसँग के भने ओलीले ? बाझियो मन्त्रीहरुकै कुरा

मन्त्रीहरुसँग के भने ओलीले ? बाझियो मन्त्रीहरुकै कुरा

  • आइतवार, आषाढ २१ २०७७

  • 916
    SHARES

  • मन्त्रीहरुसँग के भने ओलीले ? बाझियो मन्त्रीहरुकै कुरा

    काठमाडौँ । सत्तारुढ दल नेकपाभित्र प्रधानमन्त्री हटाउनेदेखि पार्टी विभाजनसम्मका विषयहरु विकसित भइरहेको मन्त्रिहरुको बैठक डाकेर प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको धारणका बारेमा मन्त्रीहरु नै बाझिएका छन् । प्रधानमन्त्रीको भनाइलाई मन्त्रीहरुले आफु अनुकुल फरक फरक व्यख्या गरेपछि ओलीका आगामी कदमबारे थप अन्यौलता बढेको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा कुरागर्ने क्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठी र शहरी विकासराज्यमन्त्री रामबीर मानन्धरबिचमा प्रधानमन्त्रीले राखेका भनाइहरु बाझिएका छन् ।

    सामान्य प्रशासनमन्त्री त्रिपाठीले हिजो मन्त्रीहरुसँगको बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुलाई अब पार्टी र सरकार संकटमा पर्ने अवस्था आएकाले आफ्नो आफ्नो कित्ता प्रस्टपार्न नभनेको र राष्ट्रिपतिलाई महाअभियोग लगाउने विषयमा कुरा नभएको बताउनुभयो ।

    त्रिपाठीले प्रधानमन्त्रीको भनाइलाई व्यख्या गर्दै भन्नुभयो, ‘पार्टीले मलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छोड्न भनेको छ । मलाई अहिले केहि अप्ठ्यारो परेकाले केहि सोचेर अगाडी बढ्नुपर्ने अवस्था आएकाले मलाई सहयोग गरेर अगाडी बढ्नुस । म अहिले दुवै पद छोड्न सक्ने अवस्थामा छैन । मैले एउटा मात्रै पद छाड्दा देश पनि विग्रन्छ र पार्टी पनि विग्रन्छ । त्यसैले म अहिले दुवै पद नछोड्ने र परिस्थिति मिलाएर अगाडी बढ्ने पक्षमा छु । यहि जानकारी गराउन मैले तपाइहरुलाई बोलाएको हुँ ।’

    तर, नेकपाका नेता समेत रहनुभएका राज्यमन्त्री मानन्धरले भने प्रधानमन्त्रीले बैठकमा तिनदिनभित्र को कस्को कित्तामा उभिने हो प्रस्ट भएर आउन निर्देशन दिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘प्रधानमन्त्रीले म एक्लैले पार्टी जोगाउन सक्दिन,केही गर्नुपर्ने अवस्था आयो, अब तपाईहरुले पनि आफ्नो कित्ता क्लियर गर्नुपर्छ । अब राष्ट्र र पार्टी बचाउन कित्ताकाट हुन आवश्यक छ । म चुप लाग्दिन तपाईहरु पनि चुप लागेर नबस्नुस आफुलाई क्लियर गर्नुस् ।’

    मानन्धरले नेपालको इतिहासको ७० वर्षपछि कम्युनिष्ट पार्टीको बहुमतको सरकार बनेको तर, अहिले आएर मलाई अप्ठ्रोमा पार्ने गरेको भन्दै प्रधानमन्त्रीले यो मुलुक बन्ने कि नबन्ने अब निश्चित गर्ने बताएको बताउनुभयो । प्रधानमन्त्री राखेको थप भनाइहरुबारे मानन्धरले भन्नुभयो,‘ म विरुद्ध बाहिरी चलखेल बढेको छ । म देश र जनताको पक्षकाम गर्न चाहान्छु । तर, मलाई राजीनामा गर भनेको छ । म दुइवटा पद छोड्दिन ।राष्ट्रपतिमाथि महाअभियोग लगाउने कुरा सुन्दैछु ।’

    राज्यमन्त्री मानन्धरले प्रधानमन्त्रीले सहजै पार्टीको कुरा स्विकार गर्ने पद अहिलेनै छाडिहाल्ने संकेत नगरेको भन्दै पार्टीका शीर्ष नेताहरुबिच यो विषयमा गम्भिरताका साथ छलफल नभए अवस्था जटिल देखिएको बताउनुभयो । भारतसँग पनि प्रधानमन्त्रीको चित्त दुखाई रहेको उहाँको भनाई छ । प्रधानमन्त्री ओलीले बैठकमा झण्डै १५ मिनेट बोलेको पनि मानन्धरले जानकारी दिनुभयो ।


    आइतवार, आषाढ २१ २०७७११:२१:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij