Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

७७ वटै जिल्लाका सिडिओलाई गृहको निर्देशन— बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सुरक्षा दिनु

७७ वटै जिल्लाका सिडिओलाई गृहको निर्देशन— बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सुरक्षा दिनु

  • बुधवार, फाल्गुण २४ २०७९

  • 609
    SHARES

  • ७७ वटै जिल्लाका सिडिओलाई गृहको निर्देशन— बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सुरक्षा दिनु
    काठमाडौं । गृहमन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सुरक्षा दिन निर्देशन दिएको छ। 
     
    बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले व्यक्तिगत सुरक्षामा चुनौती आएको भन्दै सुरक्षाको माग गरेपछि एक साताअघि गृहले परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो।
     
    बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि अवाञ्छित गतिविधि हुन थालेपछि निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिनुभयो।
     
    उहाँले भन्नुभयो, ‘सहकारी लघुवित्त, बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि अवाञ्छित क्रियाकलाप बढेपछि हामीले त्यस्तो क्रियाकलाप नियन्त्रण गर्न सिडिओ कार्यालयलाई भनेका छौं र प्रहरी प्रधान कार्यालयमार्फत पनि परिपत्र गरिएको छ।’
     
    जाजरकोटमा लघुवित्त संस्थाका कर्मचारीलाई कालोमोसो दलेको, मोरङमा जीवन विकास लघुवित्तका कर्मचारी कुटिएका घटनासँगै बैंकिङ क्षेत्रका कर्मचारी त्रसित बन्न परेको छ।
     
    परिचय पत्र र गाडीमा लगाइएको स्टिकरसमेत झिकेर हिँड्न बाध्य भएको बैंकर्सको गुनासो छ। पछिल्लो समय व्यवसायी दुर्गा प्रसाईंले आफ्नो अभियानमा बैंकको ऋण नतिर्न उकासेसँगै उच्छृंखल गतिविधि बढेको बैंकर्सको दाबी छ। यस्तै व्यवसायी, लघुवित्तका ऋणीहरूले ऋण नतिर्ने, लघुवित्त संस्था नै खारेज गर्नुपर्ने भन्दै आन्दोलन गरिरहेका छन्।


    बुधवार, फाल्गुण २४ २०७९०४:२३:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij