Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

प्रचण्डविरुद्ध रिट दायर भएकोमा बारले जनायो असन्तुष्टि

प्रचण्डविरुद्ध रिट दायर भएकोमा बारले जनायो असन्तुष्टि

  • मंगलवार, फाल्गुण २३ २०७९

  • 432
    SHARES

  • प्रचण्डविरुद्ध रिट दायर भएकोमा बारले जनायो असन्तुष्टि

    काठमाडौं । नेपाल बार एशोसिएशनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएकामा असन्तुष्टि जनाएको छ ।

    मंगलबार बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले जारी गरेको विज्ञप्तिमा संक्रमणकाली नयायसम्बन्धी विवाद निरुपणका लागि संविधान अनुसार गठन भएका आयोग र न्यायिक निकायले आआफ्नो दायित्व निर्वाह गरी काम गर्ने भन्दै ती निकाय प्रभावित हुने गरी गतिविधि नगर्न आह्वान गरिएको छ ।

    शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्‍याउने उद्देश्यले सत्य निरुपाण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग गठन भई उनीहरुले आफ्नो क्षेत्राधिकार अन्तर्गतको काम गरिरहेको पनि बारले जनाएको छ ।

    ‘‘शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पुर्‍याउने र पीडितलाई उचित न्याय प्रदान गर्न नेपाल सरकार र गठित आयोगहरु नै जिम्मेवार हुन जरुरी छ’ विज्ञप्तिमा भनिएको छ ।


    मंगलवार, फाल्गुण २३ २०७९०७:०४:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij