Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओली र प्रधानसेनापति थापाबीच छलफल

प्रधानमन्त्री ओली र प्रधानसेनापति थापाबीच छलफल

  • आइतवार, आषाढ २१ २०७७

  • 1.9K
    SHARES

  • प्रधानमन्त्री ओली र प्रधानसेनापति थापाबीच छलफल

    काठमाडौँ । पार्टीको आन्तरिक विवाद बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल सुरु गर्नुभएको छ । प्रधानमन्त्री निकट स्रोत दिएको जानकारी अनुसार प्रधानमन्त्री ओली र नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाबिच आइतबार विहान छलफल भएको छ ।

    सत्तारुढ दल नेकपामा विवाद बढेपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष समेत रहनुभएका ओलीले विभिन्न पक्षसँग परामर्श थाल्नु भएको छ । ओलीले बालुवाटारमा सुरक्षा निकायका प्रमुख र कानुनका जानकारसँग पनि परामर्श सुरु गरेको बताइएको छ ।

    ओलीले आइतबार बिहान प्रधानसेनापति पूर्णचन्द्र थापासँग छलफल गरेपछि अन्य पक्षसँग परामर्श सुरु गर्नुभएको हो । उहाँले कानुनका ज्ञातासँग पनि छलफल गरिरहेको बताइएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग आज हुने भनिएको भेट भने अहिले सम्म हुन सकेको छैन् ।

     


    आइतवार, आषाढ २१ २०७७११:१६:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij