Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई पक्राउ गर्ने प्रहरीको प्रयास असफल

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई पक्राउ गर्ने प्रहरीको प्रयास असफल

  • सोमवार, फाल्गुण २२ २०७९

  • 734
    SHARES

  • पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई पक्राउ गर्ने प्रहरीको प्रयास असफल
    काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले समय अगावै निर्वाचनका लागि सरकारलाई दबाब दिइरहेका बेला प्रहरीले पक्राउ गर्ने प्रयास गरेको छ ।
     
    गत फेब्रुअरी २८ मा भ्रष्टाचारको मुद्दामा खान अदालतमा उपस्थित नभएपछि उनीविरूद्ध पक्राउ पुर्जी जारी गरिएको थियो । खानमाथि आफ्नो कार्यकालमा प्राप्त उपहार वा त्यसलाई बेचेर कमाएको लाभको विवरण दिन नसकेको आरोप लागेको छ । सरकारी अधिकारीहरूले सबै उपहारहरू घोषणा गर्नुपर्दछ तर तिनीहरूलाई निश्चित मूल्यभन्दा कम राख्न अनुमति दिइन्छ ।
     
    राजधानी इस्लामवादका प्रहरी अधिकारीहरू लाहोरस्थित पूर्वप्रधानमन्त्री खानको घरमा पुगे पनि सयौं समर्थकहरूले घेरेपछि उनलाई पक्राउ नगरी प्रहरी फिर्ता भएको प्रहरीले पुष्टि गरेको छ । “अदालतको आदेशको पालना गर्न खानलाई पक्राउ गर्न इस्लामवाद प्रहरीको एक टोली लाहोर आइपुगेको छ,” इस्लामवाद प्रहरीले एक ट्वीटमा भनेको छ ।
     
    प्रहरीका अनुसार पूर्व प्रधानमन्त्री खान प्रहरीसँग आत्मसमर्पण नगरेपछि पाकिस्तानी प्रहरीका एक प्रहरी उपरीक्षकको कमाण्डमा उनको कोठामा गएका थिए । तर, इमरान खान त्यहाँ नभेटिएपछि प्रहरी फिर्ता भएको छ ।
     


    सोमवार, फाल्गुण २२ २०७९०७:४६:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij