Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति निर्वाचनमा मतदाता परिचयपत्र अनिवार्य, अन्य कुन परिचयपत्र बोक्ने ?

राष्ट्रपति निर्वाचनमा मतदाता परिचयपत्र अनिवार्य, अन्य कुन परिचयपत्र बोक्ने ?

  • शुक्रवार, फाल्गुण १९ २०७९

  • 601
    SHARES

  • राष्ट्रपति निर्वाचनमा मतदाता परिचयपत्र अनिवार्य, अन्य कुन परिचयपत्र बोक्ने ?
    काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा मतदान गर्न जाँदा परिचय खुल्ने पत्र साथमा लिएर जान आग्रह गरेको छ । आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज सूचना जारी गर्दै यस्तो आग्रह गर्नुभएको हो ।
     
    ‘निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचय पत्र वा, नेपाली नागरिकताको प्रमाण पत्र वा, सम्बन्धित संसद् सभा सचिवालयबाट जारी भएको परिचय पत्र वा, निर्वाचन अधिकृतबाट सम्बन्धित सभाको सदस्यमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाण पत्र वा राष्ट्रिय परिचय पत्रका आधारमा मतदान गर्ने व्यवस्था आयोगले गरेको छ,’ आयोगद्वारा जारी सूचनामा भनिएको छ ।
     
    राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा सङ्घीय संसद्का सदस्य र प्रदेश सभाका सदस्य रहेको निर्वाचक मण्डलद्वारा मतदान हुने कानुनी व्यवस्था छ । राष्ट्रपतिको निर्वाचन २५ फागुन र उपराष्ट्रपतिको निर्वाचन ३ चैतमा हुँदै छ ।
     
    Press_Release-1.jpg
     


    शुक्रवार, फाल्गुण १९ २०७९०५:०६:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij