Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिले संविधानको रक्षा र स्वाधीनतालाई केन्द्रमा राख्नुपर्छ : माधव नेपाल

राष्ट्रपतिले संविधानको रक्षा र स्वाधीनतालाई केन्द्रमा राख्नुपर्छ : माधव नेपाल

पार्टीका सबै मत पौडेलको पक्षमा दिन प्रतिबद्धता
  • बिहिवार, फाल्गुण १८ २०७९

  • 506
    SHARES

  • राष्ट्रपतिले संविधानको रक्षा र स्वाधीनतालाई केन्द्रमा राख्नुपर्छ : माधव नेपाल
    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निर्वाचित हुने राष्ट्रपतिले राष्ट्रिय हितको प्रवर्द्धन, देशभक्तिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षालाई केन्द्रबिन्दुमा राख्नुपर्ने बताउनुभएको छ ।
     
    बिहीबार(आज) काठमाडौंमा आयोजित ८ दलीय सांसदहरूको अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रपतिका कर्तव्य र जिम्मेवारीहरूको बारेमा प्रष्टताको आवश्यकता रहेको पनि बताउनुभयो।
     
    उहाँले संविधानको रक्षा गर्ने, संविधानको संरक्षण गर्ने कुरालाई केन्द्रबिन्दुमा राखेर निर्वाचित राष्ट्रपति अघि बढ्नुपर्ने बताउनुभयो। नेपालले उहाँले राष्ट्रका सामु अनेकन् चुनौतीहरू आइरहेको उल्लेख गर्दै यसलाई ध्यानमा राखेर राष्ट्रिय शक्तिहरूलाई एकताबद्ध बनाएर जान आवश्यक भएको बताउनुभयो। 
     
    अध्यक्ष नेपालले अहिलेसम्म प्राप्त भएका अनुभवहरूलाई ध्यानमा राखेर निर्वाचित हुने राष्ट्रपतिले गम्भीर भएर आफ्ना काम गर्ने विश्वास गर्नुभयो। 
     
    उहाँले चुनावमा नेकपा एसका तर्फबाट सबै सांसदहरूको मत कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा जाने प्रतिबद्धता जनाउनुभएको थियो । राष्ट्रपतिको चुनाव फागुन २५ गते हुँदैछ । यसका लागि कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा, जनमत, लोसपा, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चा गरी आठ दलको गठबन्धन बनेको छ ।


    बिहिवार, फाल्गुण १८ २०७९०४:४५:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij