Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आगामी बजेटमा खेलकुद क्षेत्रको बजेट व्यापक बढाउँछु : प्रधानमन्त्री प्रचण्ड

आगामी बजेटमा खेलकुद क्षेत्रको बजेट व्यापक बढाउँछु : प्रधानमन्त्री प्रचण्ड

  • मंगलवार, फाल्गुण १६ २०७९

  • 389
    SHARES

  • आगामी बजेटमा खेलकुद क्षेत्रको बजेट व्यापक बढाउँछु : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेलकुद क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्षमा बढी बजेट दिने बताउनुभएको छ। च्यासल रंगशालाको उद्घाटन गर्दै उहाँले देशभरि खेलकुदका पूर्वधारहरू बनाउने नीति अवलम्बन गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    उहाँले यसअघि खेलकुद क्षेत्रमा निकै कम बजेट बिनियोजन हुँदै आएको भन्दै आगामी बजेटमा पहिलेको भन्दा बढी रकम बिनियोजन गर्ने प्रतिबद्धता बताउनुभएको हो।

    खेल क्षेत्रलाई राजनीतिबाट टाढै राखेर विकास गर्नुपर्ने भन्दै प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री हुँदा दशरथ रंगशालालाई व्यवस्थित बनाउन चीन सरकारसँग पहल गरेको र सोहीअनुरुप पुननिर्माण भएको जिकिर गर्नुभयो ।

    उहाँले खेलकुद र कला क्षेत्रलाई संयोजन गरेर जानुपर्छ भनेरै युवराज लामालाई राष्ट्रिय खेलकुद परिषद्मा ल्याएको र लामाले उत्कृष्ट काम गरेको स्मरणसमेत गर्नुभयो ।


    मंगलवार, फाल्गुण १६ २०७९०५:०५:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij