Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

डुंगा पल्टिँदा इटालीमा ६३ जना आप्रवासीको मृत्यु, दर्जनौं बेपत्ता

डुंगा पल्टिँदा इटालीमा ६३ जना आप्रवासीको मृत्यु, दर्जनौं बेपत्ता

  • मंगलवार, फाल्गुण १६ २०७९

  • 448
    SHARES

  • डुंगा पल्टिँदा इटालीमा ६३ जना आप्रवासीको मृत्यु, दर्जनौं बेपत्ता

    काठमाडौं । इटालीको दक्षिणी तटमा आइतबार भएको डुंगा दुर्घटनामा ६३ जना आप्रवासीको मृत्यु भएको छ भने दर्जनौं बेपत्ता भएका छन्। उक्त दुर्घटनामा कम्तीमा आठ जना बालबालिकाको ज्यान गएको थियो।

    मध्य समुद्रमा आँधीबेहरीका बीच काठको डुंगा फुटेर उक्त दुर्घटना भएको थियो। ८० जनाको जीवितै उद्धार गरिएको थियो। एक सय ७० जना बोकेर टर्कीको समुद्रबाट डुंगामा उनीहरू इटालीको समुद्री तटमा पुगेका थिए। दुर्घटनाग्रस्त डुंगामा धेरै जना पौडिन नजान्ने थिए।

    तट रक्षक, गोताखोर, सुरक्षाकर्मीलगायत खोज तथा उद्धारमा जुटेका छन्। दुईवटा हेलिकप्टर पनि खोजमा परिचालन गरिएको छ। दक्षिणी सहर क्रोटोनको खेलमैदानमा मृतकहरूको पहिचानका लागि शव राखिएको छ।

    सरकारी अधिकारीले मृतकका आफन्तहरूलाई दुर्घटनामा परेका प्रियजनको विवरण उपलब्ध गराउन आग्रह गरेका छन्। उनीहरूले खोज तथा उद्धारमा विलम्ब गरिएको आरोपको खण्डन गरेका छन्।


    मंगलवार, फाल्गुण १६ २०७९०४:४७:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij