Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

‘वित्तीय संघीयताको अभ्यास अझै अपर्याप्त छ’ : संघीयताविज्ञ डा. देवकोटा

‘वित्तीय संघीयताको अभ्यास अझै अपर्याप्त छ’ : संघीयताविज्ञ डा. देवकोटा

  • शनिवार, आश्विन ३ २०७७

  • 1.7K
    SHARES

  • ‘वित्तीय संघीयताको अभ्यास अझै अपर्याप्त छ’ : संघीयताविज्ञ डा. देवकोटा

    काठमाडौँ । संघीयताविज्ञ डा. खिमलाल देवकोटाले संविधानजारी भएको पाँच वर्ष पूरा भइसक्दा पनि संघीयताको मर्म र भावना अनुरुप काम हुन बाँकी रहेको बताउनु भएको छ । नेपाली रेडियो नेटवर्कको चौथो वार्षिकोत्सव तथा संविधान दिवसका अवसरमा रेडियो नेटवर्कको कार्यक्रम अर्थसम्बादमा पत्रकार टिपी भुसालसँग कुरा गर्दै उहाँले यसको लागि तीनै तहको सरकार जिम्मवेवारीपूर्वक लाग्नुपर्ने खाँचो रहेको बताउनु भयो ।

    डा. देवकोटाले संघीयता खर्चिलो भन्ने आमधारणा आइरहेको सन्दर्भमा खर्चभन्दा पनि व्यवस्थित र प्रभावकारी अभ्यास आजको आवश्यकता भएको बताउनुभयो ।

    ‘संघीयता कार्यान्वयन हँुदा थेग्न नसकिने भन्ने छैन । अहिले संघ, प्रदेश र स्थानीय तह गरी ७६१ सरकार छन् भने संघीयता आउनुभन्दा पहिले पनि थुप्रै प्रशासनिक संरचना भएकोले त्यसतर्फ जानुभन्दा यसको सफल कार्यान्वयनमा जानु नै उर्पयुक्त हन्छ,’ उहाँले भन्नुभयो ।

    यद्यपि, उहाँले देश संघीयतामा गए पनि वित्तीय संघीयता भने केन्द्रिकृत नै रहेकोे र बजेटलाई तल्लो तहसम्म लैजान अझै नसकिएको बताउनुभयो ।


    प्रदेश –३ को योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका डा. देवकोटाले संघीयताको मर्मलाई आत्मसात गर्न विकास निर्माणका योजनाहरूदेखि अन्य अधिकारलाई सहजढंगले तल्लोतहसम्म लैजाने अध्यास गर्नु पर्ने बताउनुभयो । संविधान जारी भएको पाँचौ वर्ष प्रवेश गर्दै गर्दा उहाँले संघीयतालाई सफल बनाउन संविधानमा भएका राम्रा प्रावधानलाई सही ढंगले प्रयोग गर्ने र त्रुटी सच्याउँदै अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

    (संघीयताविज्ञ डा. देवकोटासँग गरिएको विस्तृत कुराकानी तलको लिंकमा सुन्न सक्नुहुनेछ ।

    https://www.facebook.com/watch/?v=660799311480051&extid=aK6ZSJcYo0f4WdoY


    शनिवार, आश्विन ३ २०७७०४:०६:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij