काठमाडौं । नेकपा एमालेले सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने निणर्य गरेको छ आज बिहान बसेको सचिवालय बैठकले यो निणर्य गरेको हो ।
एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । सचिवालयको सोमबार बिहान बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निणर्य गरेको हो ।
राष्ट्रपति निर्वाचनको सन्दर्भमा नयाँ गठबन्धन बनेपछि एमालेले सरकार छोडेको हो ।पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसेको थियो ।
नेकपा एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ ।
राष्ट्रपतिको उम्मेदवार मनोनयन गर्दा एमाले नेताहरुले राष्ट्रपतिको निर्वाचनसम्म सरकार नछाड्ने बताएका थिए ।