एजेन्सी । अमेरिकामा आगामि ४८ घण्टापछि प्ले स्टोर र आइओएस स्टोरबाट टिकटक र वि–च्याट हट्ने भएको छ । अमेरिकी वाणिज्य मन्त्रालयले यी दुई एप कुनै पनि एप स्टोरबाट कुनै पनि प्लेफर्ममा उपलब्ध नहुने स्पष्ट गरेको छ ।
अमेरिकी सरकारले राष्ट्रिय सुरक्षाको प्रश्न उठाउँदै ‘चर्चित’ चिनियाँ एपमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । वि–च्याट आधिकारिक रुपमा आइतबारबाट अमेरिकामा बन्द हुने छ भने टिकटक भने नोभेम्बर १२ सम्म चल्ने छ ।
अब यसको अन्तिम विकल्प राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै नयाँ निर्णय गरे मात्र रहने अमेरिकी मिडियाहरुले बताएका छन् ।