Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

संविधानमा कमजोरी छैन, कार्यान्वयनमा हुनसक्छ : सुवास नेम्वाङ

संविधानमा कमजोरी छैन, कार्यान्वयनमा हुनसक्छ : सुवास नेम्वाङ

  • शनिवार, आश्विन ३ २०७७

  • 1.0K
    SHARES

  • संविधानमा कमजोरी छैन, कार्यान्वयनमा हुनसक्छ : सुवास नेम्वाङ

    काठमाडौं ।तत्कालिन संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले राज्यका सवै विषयको सम्वोधन अहिलेको संविधानले गर्न सक्ने दावी गर्नुभएको छ ।

    कार्यान्वयनका क्रममा केही कमी कमजोरी भएपनि संविधानमा आफैका कुनै ठूलो कमीकमजोरी नभएको उहाँले दावी गर्नुभयो । संविधानमा उल्लेख गरिएका गणतन्त्र, संघीयता, समावेशितालगायतका धेरै व्यवस्थाहरु नयाँ भएकाले कार्यान्वयनमा केही समस्या आउनु स्वभविक भएको उहाँको तर्क छ ।

    नेपाली रेडियो नेटवर्कको बार्षिकोत्सव विषेश नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्ताका क्रममा उहाँले सवै नेपालीलाई जोड्ने सञ्चार संस्था बन्न शुभकामना दिनुभयो।

    उहाँले भन्नुभयो, “यो संस्थालाई मैले नजिकबाट नियालेको छु, धेरै कार्यक्रमहरुमा सहभागी भएको छु, संविधान कार्यान्वयन गराउन, जनतालाई एकजुट बनाउन, संघीयता, समावेशिता लगायतका विषयलाई संस्थागत गराउन तपाईहरुले राम्रो भूमिका खेल्नुभएको मैले महसुस गरेको छु ।”

    उहाँले हिमाल पहाड तराई र मेचीदेखि महाकालीसम्मका नेपालीको साझा आवाज बस्ने र सवैलाई जोड्ने काममा राम्रो भूमिका खेलेको भन्दै प्रशंसा पनि गर्नुभयो ।

     

     


    शनिवार, आश्विन ३ २०७७०९:२१:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij