Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति पदमा एमाले–माओवादी नमिल्दा हालको राजनीतिक समीकरण धरापमा (खासखबर)

राष्ट्रपति पदमा एमाले–माओवादी नमिल्दा हालको राजनीतिक समीकरण धरापमा (खासखबर)

  • बिहिवार, फाल्गुण ११ २०७९

  • 430
    SHARES

  • राष्ट्रपति पदमा एमाले–माओवादी नमिल्दा हालको राजनीतिक समीकरण धरापमा (खासखबर)

    काठमाडौं । नेपालको राजनीतिमा स्थिरताको खडेरी बेलाबखत परिरहेको हुन्छ । सरकार बन्ने र अल्पआयूमै ढल्ने प्रक्रिया आजमात्रै होइन पटकपटक भइरहेको हुन्छ । हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि तेस्रो पटक सत्ता सम्हाल्दै गर्दा यसअघि दुईपटकसम्म अस्थिर बहिगर्मन भएको थियो ।

    केही समय अगाडिसम्म मुलुकको शासन व्यवस्था र सार्वभौमिता बलियो नै रहेको दाबी गर्नेहरु क्रमशः निराश बन्दै गएका छन् । राजनीतिक नेतृत्वकै कारण बेतिथि निम्तिएको स्वयं नेताहरु स्वीकार्न थालेका छन् । नेपाली कांग्रेसका नेता मीन विश्वकर्मा अहिले मुलुकको अवस्था जर्जर रहेको र जहाँतहीँ बेतिथि कायम रहेको स्वीकानुहुन्छ ।

    अहिले मुलुकमा राष्ट्रपति को बन्ने भन्ने विषयमा दलहरुबीच मत विभाजन भएको छ । गएको निर्वाचनका बेलाको गठबन्धन भत्काएर प्रधानमन्त्रीमा इन्ट्री गरेका प्रचण्ड पुस १० गतेको सहमतिलाई समेत कार्यान्वयन गर्ने पक्षमा नदेखिएपछि राष्ट्रपति पद पेचिलो बन्दै गएको छ । आफूलाई प्रधानमन्त्रीमा पाँचवर्ष कम्फर्टेबल बनाउन खोजिरहेका प्रचण्डको दौडधुप निकै बढेको छ ।

    आज पनि प्रधानमन्त्री प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो । भेटका क्रममा मुलुकको अवस्थालाई सही दिशामा पु¥याउन सक्ने व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने विषयमा छलफल भएको थियो ।

    नेकपा एमाले प्रचण्डले कुनैपनि हालतमा बाटो नबिराउने भन्दै बसेको छ । पुस १० गतेको सहमति अनुसार नै एमालेको राष्ट्रपति हुनेमा अध्यक्ष केपी शर्मा ओली ढुक्क बन्नुभएको छ । फागुन १ गते माओवादी केन्द्रले मनाएको जनयुद्ध दिवसमा केही नबोलेका ओलीले आज भने हिंसा दिवसमा सार्वजनिक बिदा दिएर गलत गरेको आशय व्यक्त गर्नुभयो । यो अभिव्यक्तिले ओली–प्रचण्डबीच दरार आउन थालेको हो की ? भन्ने अनुमान लगाउने धेरै छन् ।

    राष्ट्रपतिका विषयमा अझै समझदरी भैसकेको छैन । एमालेसँग पनि राष्ट्रपतिका विषयमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ । राष्ट्रपतिको निर्वाचनका लागि आउँदो १३ गते मनोनयन हुँदैछ ।

     


    बिहिवार, फाल्गुण ११ २०७९०७:४०:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij