Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

एमालेले अघि सारेकै व्यक्ति राष्ट्रपति हुन्छ : राजन भट्टराई

एमालेले अघि सारेकै व्यक्ति राष्ट्रपति हुन्छ : राजन भट्टराई

  • बुधवार, फाल्गुण १० २०७९

  • 517
    SHARES

  • एमालेले अघि सारेकै व्यक्ति राष्ट्रपति हुन्छ : राजन भट्टराई

    काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले एमालेले अघि सारेकै उम्मेदवार राष्ट्रपति बन्ने दाबी गर्नुभएको छ ।

    प्रेस चौतारी नेपाल पाल्पाले बुधवार तानसेनामा गरेको पत्रकार भेटघाटमा नेता भट्टराईले अहिलेको सत्ता गठबन्धनमा पुस १० गते भएको सहमति अनुसार नै राष्ट्रपति निर्वाचन हुने बताउनुभयो ।

    केही नेताहरुले सहमति विपरीत गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाउँदै उहाँले गत निर्वाचनबाट एमाले दोस्रो ठूलो रुपमा रहेको र सत्ता गठबन्धनमा ठूलो दल भएका कारण प्रधानमन्त्री प्रचण्डलाई दिने र राष्ट्रपति तथा सभामुख एमालेलाई दिने सहमति अनुसार नै राष्ट्रपति निर्वाचनमा मतपरिणाम आउने बताउनुभयो । उहाँले एमालेले कसलाई राष्ट्रपति बनाउँछ भन्ने विषय भने अझै नटुंगिएको पनि बताउनु भएको छ ।


    बुधवार, फाल्गुण १० २०७९१२:२६:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij