Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन कांग्रेसलाई लोसपाको प्रस्ताव

महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन कांग्रेसलाई लोसपाको प्रस्ताव

  • बुधवार, फाल्गुण १० २०७९

  • 535
    SHARES

  • महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन कांग्रेसलाई लोसपाको प्रस्ताव

    काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले राष्ट्रपतिमा महन्थ ठाकुरको नाममा राष्ट्रिय सहमति गर्न नेपाली कांग्रेससँग आग्रह गरेको छ ।

    बुधबार बिहान उक्त पार्टीका शीर्ष नेताहरूले कांग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरूलाई भेटेर राष्ट्रपतिमा लोसपाका अध्यक्ष ठाकुरको नाममा राष्ट्रिय सहमति गर्न आग्रह गरेका हुन् ।

    धुम्बाराहीस्थित देउवा निवासमा बुधबार बिहान अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू सर्वेन्द्रनाथ शुक्ल, अनिलकुमार झालगायत नेताहरूले राष्ट्रिय सहमतिका लागि ठाकुर सबैभन्दा उपयुक्त पात्र हुने प्रस्ताव गर्नुभएको हो ।

    उहाँले भेटमा कांग्रेस सभापति देउवाले त्यसबारे पार्टीले अहिलेसम्म कुनै पनि निणर्य नलिएको भन्दै ठाकुरको नाममा राष्ट्रिय सहमति गर्ने विषयमा समेत छलफल गर्ने आश्वासन दिएको बताउनुभयो ।

    लोसपाले यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर समेत नेता ठाकुरलाई राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउन आग्रह गरेको थियो ।


    बुधवार, फाल्गुण १० २०७९१२:२०:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij