काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिबारे आफूले अझै केही नसोचेको बताउनु भएको छ ।
दाङको भालुबाङमा मंगलबार आयोजित पत्रकारहरुसँगको छलफलमा बोल्दै उनले राष्ट्रपति बन्न आफूलाई आधिकारिक प्रस्ताव नआएको बताउनुभयो ।
अहिले बजारमा हल्लाहरु धेरै चलेको बताउँदै नेपालले यस सन्दर्भमा कुनै टुंगोमा नपुगेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, चाहना राख्ने कुरा बेग्लै हो । मैले नै के गर्ने भन्ने सोचिसकेको छैन । हाम्रो पार्टीले पनि के गर्ने भन्ने निणर्य गरिसकेको छैन ।’
यसपटक ’पावर सेयरिङ’मा आफ्नो भूमिका महत्त्वपूणर् हुने उल्लेख गर्दै उहाँले सधैं अरूका लागि बलिदान हुने स्थिति नहुने बताउनुभयो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति बन्न प्रस्ताव गरेको प्रश्नमा उनले कतिपय कुराहरुलाई पर्दाभित्रै रहन दिनु उपयुक्त हुने बताउनुभयो ।