Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

रवि लामिछाने र प्रचण्डबीच भेटवार्ता, के भयो सहमति ?

रवि लामिछाने र प्रचण्डबीच भेटवार्ता, के भयो सहमति ?

  • सोमवार, फाल्गुण ८ २०७९

  • 720
    SHARES

  • रवि लामिछाने र प्रचण्डबीच भेटवार्ता, के भयो सहमति ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमाल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटघाट भएको छ ।

    सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र लामिछानेबीच भेटवार्ता भएको हो ।

    माओवादी पदाधिकारी बैठक अघि प्रचण्ड र लामिछानेबीच राष्ट्रपतिको चुनाव र चितवन २ मा हुने उपनिर्वाचनका विषयमा छलफल भएको बुझिएको छ । राष्ट्रहितका विषयमा सत्ता गठबन्धनलाई बलियो बनाएर जाने विषयमा पनि छलफल भएको छ ।

    लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिएपछि उहाँ नेतृत्वको पार्टी सरकारबाट बाहिरिसकेको छ । यद्यपि सरकारलाई भने रास्वपाले समर्थन कायमै राखेको छ ।


    सोमवार, फाल्गुण ८ २०७९०२:०२:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij