Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

भारतको बिहारमा अन्धाधुन्ध गोली प्रहार हुँदा २ जनाको मृत्यु, ६ घाइते

भारतको बिहारमा अन्धाधुन्ध गोली प्रहार हुँदा २ जनाको मृत्यु, ६ घाइते

  • सोमवार, फाल्गुण ८ २०७९

  • 467
    SHARES

  • भारतको बिहारमा अन्धाधुन्ध गोली प्रहार हुँदा २ जनाको मृत्यु, ६ घाइते
    काठमाडौं । भारतीय राज्य विहारको राजधानी पट्नामा गाडी पार्किङको विवादमा अन्धाधुन्ध गोली प्रहार हुँदा दुई जनाको मृत्यु भएको भएको छ ।
     
    गोली प्रहारका कारण ६ जना घाइते भएका हुन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । पट्नाको जेठुलीको सडकमा उमेश राय नामक एक व्यक्तिले ट्याक्टरबाट गिट्टी खसालेका कारण पार्किङमा समस्या भएपछि भएको विवादले उग्र रूप लिएको हो ।
     
    सडकमा गिट्टी नखसाल्न भन्दै स्थानीयले विरोध गर्दा उमेश रायका गुण्डाहरूले भीडमा अन्धाधुन्ध गोली प्रहार गर्दा दुई जनाको घटना स्थलमै मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । गोली लागेका मध्ये ३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
     
    अन्धाधुन्ध गोलीकाण्डपछि आक्रोशित स्थानीयहरूले आरोपी उमेश राय र राय निकटका व्यक्तिहरूका घरहरूमा आगो लगाएका छन् । साथै उनीहरूका घरमा रहेका गाडीमा पनि आगो लगाएका हुन् ।
     
    गोली चलाउन आदेश दिने उमेश राय राजनीतिक पार्टीहरूसँग निकट सम्बन्ध राख्ने गुण्डा भएको सञ्चार भारतीय माध्यमहरूले जनाएका छन् । राजनीतिक पहुँचका आधारमा हुने गुण्डागर्दीका लागि बिहार भारतकै कुख्यात राज्य हो 


    सोमवार, फाल्गुण ८ २०७९१०:३३:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij