Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

इजरायलद्वारा सिरियामा क्षेप्यास्त्र प्रहार, १५ जनाको मृत्यु

इजरायलद्वारा सिरियामा क्षेप्यास्त्र प्रहार, १५ जनाको मृत्यु

  • आइतवार, फाल्गुण ७ २०७९

  • 530
    SHARES

  • इजरायलद्वारा सिरियामा क्षेप्यास्त्र प्रहार, १५ जनाको मृत्यु

    काठमाडौं । इजरायलले आज बिहान सिरियामा गरेको क्षेप्यास्त्र आक्रमणमा १५ जनाको मृत्यु भएको छ भने एउटा घर पूर्णरूपमा ध्वस्त भएको छ।

    इरानी सांस्कृतिक केन्द्र नजिक भएको उक्त आक्रमणमा सर्वसाधारणसहित १५ जनाले ज्यान गुमाएका सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ। सन् २०११ मा सिरियामा युद्ध सुरु भएदेखि इजरायलले सिरियामा हवाई हमला गर्दै आएको छ। उसले सिरियाली सेना, इरानी सेना र सिरियाली शासकका सहयोगी लेबनानको हिजबुल्लाह रहेका स्थानलाई लक्षित गरेर आक्रमण गर्दै आएको छ। यद्यपि राजधानीका आवासीय क्षेत्रमा हमला भएको थिएन।

    इजरायलले कब्जा गरेको गोलान हाइट्सबाट दमास्कस र यसको आसपासका आवासीय क्षेत्रलाई ताकेर हवाई आक्रमण गरेको सिरियाको रक्षा मन्त्रालयले जनाएको छ। काफर सुसा त्यो क्षेत्र हो जहाँ सिरियाली उच्च अधिकारी, सुरक्षा तथा गुप्तचर निकायका मुख्य कार्यालय छन्। इजरायली सेनाले सिरियामाथि हुने आक्रमणबारे कहिल्यै कुनै जानकारी दिँदैन।

    आफ्नो सीमा क्षेत्रमा इरानी प्रभाव बढ्न नदिन नियमितरूपमा उसले निगरानी तथा आवश्यकतानुसार क्षेप्यास्त्र प्रहार गर्दै आएको छ। आजको आक्रमणलाई सुरक्षा अधिकारीहरूले भीषण भनेका छन्।


    आइतवार, फाल्गुण ७ २०७९०४:२४:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij