Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिबाट सजाय माफी पाएका सांसद चौधरी जेलबाट रिहा हुँदै

राष्ट्रपतिबाट सजाय माफी पाएका सांसद चौधरी जेलबाट रिहा हुँदै

  • आइतवार, फाल्गुण ७ २०७९

  • 439
    SHARES

  • राष्ट्रपतिबाट सजाय माफी पाएका सांसद चौधरी जेलबाट रिहा हुँदै
    काठमाडौं । २०६६ सालको घटनामा २०७० सालमा दोषी ठहर भई हालै मात्रै जल चलान भएका नागरिक उन्मुक्ति पार्टीका नेता तथा प्रतिनिधि सभा सदस्य अरुण चौधरी आइतबार(आज) जेलमुक्त हुँदै छन् । असल चालचलन देखिएको भन्दै सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट बाँकी कैद माफी मिनाहा पाएपछि चौधरी आज जेलमुक्त हुन लागेका हुन् । 
     
    २०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित ३ जनाविरुद्ध जनही ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो। ६ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई प्रहरीले माघ १९ गते बाँकेबाट पक्राउ गरेको थियो ।
     
    ७३औं प्रजातन्त्र दिवसको अवसरमा सरकारले चौधरीको कैद सजाय मिनाहाका लागि सिफारिस गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरिदिनुभएको छ । 
     
    कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित चौधरीसहित कैलाली जिल्ला अदालतबाट आज ४ जना कैदीबन्दी रिहा हुँदै छन् । १० बजे पछि जिल्ला प्रशासन कार्यालयबाट आवश्यक प्रक्रिया पुरा गरेर उनीहरूलाई रिहा गर्ने तयारी कारागार प्रशासनले गरेको छ । जिल्ला कारागारमा रहेका ७ जनालाई सजाय माफीका लागि सिफारिस गरिएको भए पनि ४ जनाको मात्रै सजाय माफी भएको छ । 
     


    आइतवार, फाल्गुण ७ २०७९०८:२१:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij