Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

जनचेतनामुलक सन्देश बोकेको चलचित्र 'कोरोना’ युट्युवमा सार्वजनिक

जनचेतनामुलक सन्देश बोकेको चलचित्र 'कोरोना’ युट्युवमा सार्वजनिक

  • शुक्रवार, आश्विन २ २०७७

  • 1.4K
    SHARES

  • जनचेतनामुलक सन्देश बोकेको चलचित्र 'कोरोना’ युट्युवमा सार्वजनिक

    काठमाडौं। कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नेपालमा पनि बढ्दै गरेका बेला यसैमा आधारित चलचित्र 'कोरोना' बुधबार सार्वजनिक गरिएको छ ।

    चलचित्रमा कोरोना कसरी सर्छ, यसबाट बच्न के गर्नुपर्छ ? भन्ने जस्ता सन्देश दिन खोजिएको छ । नेपालमा कोरोनाको बारेमा पहिलो चलचित्रको रुपमा यो चलचित्र स्थापित भएको छ ।

    यसले कोरोनासम्वन्धी चेतना बाँड्ने निर्माणपक्षले जनाएको छ । काठमाडौको आसपासमा छायाँकन गरिएको चलचित्रमा कोरोनाकै बारेमा मात्र कथावस्तु समेटिएको छ । चलचित्रलाई सोम कुस्कुमाझीले निर्देशन गरेका हुन् भने सञ्चारकर्मी कमल फुयाँल चलचित्रका कार्यकारी निर्माता रहेका छन् । रामचन्द्र राई, राजाराम खड्का, कुमार माझी सहायक निर्माता रहेका छन ।

    चलचित्रमा अर्जुन खड्का, सन्ध्या खड्का, अजय खड्का, अनुस्का थापा नापित, सुनिल नापित, लक्ष्मण श्रेष्ठ, खुसी श्रेष्ठ, विवेक खड्का, अर्जुन श्रेष्ठ, हिरो राई, कृष्णकुमारी खडका, विष्णुहरी रिमाल, आयुस सुनार, जयन खडका, कुमार न्यौपाने, सिमरन राई, सविना तामाङ, अस्मिता गौतम लगायतको अभिनय रहेको छ ।

    चलचित्रलाई वासु न्यौपानेले छायाँकन गरेका छन् भने अर्जुन खड्काले सम्पादन गरेका हुन् । सकुन्तला माझीको कथा, यमन माझीको गीत, विक्रम गौतमले मेकअप गरेका छन् ।

    ब्याकराउण्ड स्कोर कर्साङ लामाको रहेको छ । सञ्चारकर्मी विवेक लोप्चनले मिडिया को अर्डिनेट गरेका छन् । मानिसको सामान्य लापरबाहीले गर्दा कोरोनाले ज्यान लिन सक्छ भन्ने यो चलचित्रले सन्देश दिन खोजेको छ । यसलाई कोरोना न्यू नेपाली फुल मुभी २०२० भनेर युट्युवमा पनि हेर्न सकिन्छ ।

     

     

     


    शुक्रवार, आश्विन २ २०७७०३:५०:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij