Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

२८ उपसचिवको सरुवा, को कहाँ (सूचीसहित)

२८ उपसचिवको सरुवा, को कहाँ (सूचीसहित)

  • बिहिवार, फाल्गुण ४ २०७९

  • 433
    SHARES

  • २८ उपसचिवको सरुवा, को कहाँ (सूचीसहित)
    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जगेडामा रहेका २८ जना उपसचिवहरूको सरुवा गरेको छ । शाखा अधिकृतबाट उपसचिवमा बढुवा भएर सामान्य प्रशासन मन्त्रालयमा जिम्मेवारी नपाएका उपसचिवहरूलाई मन्त्रालयले सरुवा गरेको हो ।
     
    मन्त्रालयले सरुवा भएका २८ जनामध्ये २५ जनालाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको छ । जसमध्ये मधेस प्रदेशका २२ वटा स्थानीय तहमा उनीहरूलाई सरुवा गरेको हो । सुर्खेत, बझाङ र डोल्पाका नगरपालिकामा एक एक जना उपसचिव पठाएको छ भने २ जना उपसचिवलाई बागमती र गण्डकीको मुख्यमन्त्री कार्यालयमा तथा एक जनालाई अख्तियार अनुसन्धान आयोगमा पठाएको छ ।
     
    सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले जिम्मेवारी सम्हालेपछि कर्मचारी सरुवा व्यवस्थामा कडाइ गर्नुभएको छ। उहाँले अतिरिक्त समूहमा रहेका कर्मचारीलाई कार्यक्षेत्रमा खटाउने काममा प्राथमिकता दिनुभएको छ।


    बिहिवार, फाल्गुण ४ २०७९०२:४८:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij