Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रले १० दिन भित्र राष्ट्रपतिको विषय टुँगाउने

माओवादी केन्द्रले १० दिन भित्र राष्ट्रपतिको विषय टुँगाउने

  • बुधवार, फाल्गुण ३ २०७९

  • 438
    SHARES

  • माओवादी केन्द्रले १० दिन भित्र राष्ट्रपतिको विषय टुँगाउने

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिको बारेमा १० दिनभित्र आधिकारिक निर्णय गर्ने भएको छ । फागुन १३ गतेअघि नै राष्ट्रपतिको बारेमा आधिकारिक निर्णय गर्ने स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।

    यही साताभित्र पदाधिकारी बैठक बसेर राष्ट्रपतिका बारेमा निर्णय लिने बताउँदै उहाँले यसका लागि पार्टीभित्र गृहकार्य भइरहेको बताउनुभयो ।नेकपा एमालेले राष्ट्रपति आफूले पाउनुपर्ने गरी माओवादी केन्द्रसँग सहमति भइसकेको दाबी गर्दै आइरहेको छ। तर, यो पार्टी वा त्यो पार्टी भन्दा पनि सहमतिमा राष्ट्रपति कसलाई बनाउने विषयमा छलफल गरिने पौडेलले बताउनुभयो ।

    एमालले माओवादी केन्द्रको नेतृत्वमा सरकार बनाउँदा प्याकेजमै सबै पदमा सहमति भएको भन्दै राष्ट्रपति आफूहरूको भागमा परेको बताउँदै आएपनि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिका विषयमा कुनै दलसँग सहमति नभएको बताउँने गर्नुभएको छ ।

    उहाँले राष्ट्रपति सबै दलको सहमतिमा निश्चित गर्ने भन्दै राष्ट्रिय सहमतीको कुरा गर्दै आउनु भएको छ ।यसले गर्दा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीको बीचको दुरी बढ्दै गएको छ । यता कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार उठाउने र त्यसमा माओवादीले साथ दिन्छ भन्नेमा ढुक्क देखिन्छ ।


    बुधवार, फाल्गुण ३ २०७९०२:५४:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij