Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

ओलीले सुपर–प्रधानमन्त्री बनेर प्रधानमन्त्रीमाथि दबाब सिर्जना गरिरहनुभएको छ : प्रदीप पौडेल

ओलीले सुपर–प्रधानमन्त्री बनेर प्रधानमन्त्रीमाथि दबाब सिर्जना गरिरहनुभएको छ : प्रदीप पौडेल

  • बुधवार, फाल्गुण ३ २०७९

  • 578
    SHARES

  • ओलीले सुपर–प्रधानमन्त्री बनेर प्रधानमन्त्रीमाथि दबाब सिर्जना गरिरहनुभएको छ : प्रदीप पौडेल
    काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुपर–प्रधानमन्त्रीको संज्ञा दिनुभएको छ ।
     
    बुधबार(आज) प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले ओलीको इसारामा प्रधानमन्त्री पुष्पकमल दाहाललाई चलाउने प्रयास भइरहेको भन्दै ओलीले सुपर–प्रधानमन्त्री बनेर प्रधानमन्त्रीमाथि दबाब सिर्जना गरिरहेको आरोप लगाउनुभएको हो। 
     
    उहाँले ओलीले सुपर–प्रधानमन्त्री ठानेर फुर्ती प्रस्तुत गरिरहेको भन्दै तत्कालीन ओली सरकारमा भएको संसद् विघटन कायरता भएको उल्लेख गर्नुभयो । उहाँले अध्यक्ष ओलीले कायरतालाई छोप्न बहादुरी प्रदर्शन गर्ने कोसिस गरिएको आरोप लगाउनुभयो।
     
    सांसद पौडेलले वर्तमान गठबन्धनको सरकारलाई बालकोटमा हतार–हतारमा प्रसाद थाप्न बनेको गठबन्धनको रुपमा चित्रण गर्नुभएको छ। उहाँले अहिले नेकपा एमालेलाई राष्ट्रपति नभई रबर स्ट्याम्प राष्ट्रपति, आफ्नै घरमा लालमोहर ल्याएर राखिदिने राष्ट्रपति र आवश्यक परे सचिव पनि लुकाइदिने राष्ट्रपति चाहिएको आरोप पनि लगाउनुभयो।


    बुधवार, फाल्गुण ३ २०७९०२:४३:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij