Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

गृहमन्त्री नियुक्त गर्न सांसदहरुको दबाब

गृहमन्त्री नियुक्त गर्न सांसदहरुको दबाब

  • बुधवार, फाल्गुण ३ २०७९

  • 471
    SHARES

  • गृहमन्त्री नियुक्त गर्न सांसदहरुको दबाब

    ३ फागुन, काठमाडौं । गृहमन्त्री नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सांसदहरुले संसदबाटै दबाब दिएका छन् ।

    काठमाडौंको नयाँ बसपार्कमा क्षेत्रमा भएको यातायात मजदुर र व्यावसायीहरुको प्रदर्शन र त्यसक्रममा भएको लुटपाट र तोडफोडको घटनालाई लिएर सांसदहरुले मुलुकमा गृहमन्त्री नभएको अनुभूत भएको भन्दै गृहमन्त्री नियुक्तिको माग राखेका हुन् ।

    ‘संसारका कुनै देशमा देखिने दृष्य जस्तो गोंगबुमा देखियो,’ राप्रपाका प्रमुख सचेतकसमेत रहेका सांसद ज्ञानेन्द्र शाहीले भन्न्ुभएको छ , ‘यो देशमा गृहमन्त्रालयको संयन्त्र छ । तर, गृहमन्त्री किन खाली ? प्रधानमन्त्री नै सबै मन्त्रालयमा हुने भए अरु मन्त्रालय किन बनाएको ?’ उहाँले गृहमन्त्री तत्काल नियुक्त गर्न समेत माग राख्नुभएको छ ।

    नेपाली कांग्रेसका सांसद प्रकाशशरण महत, रास्वपाका सांसद शिशिर खनाललगायतले पनि काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा भएको तोडफोड र लुटपाटको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

    सुरक्षा व्यवस्था राम्रो हुन नसक्दा उक्त घटना भएको भन्दै सांसदहरुले गृहमन्त्री नियुक्तिका लागि प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएका हुन् ।


    बुधवार, फाल्गुण ३ २०७९१२:५५:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij